अनिश्चितकालिन बन्दले दाङको जनजीवन कष्टकर

दाङ, ६ माघ । दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने माग गर्दै चार दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण त्यसक्षेत्रको जनजीवन कष्टकर बनेको छ आमहड्तालका कारण यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कलकारखाना बन्द रहेका छन् भने जिल्लाका मुख्य बजार र सडकमा विहानदेखिनै प्रदर्शन जारी छ दाङ प्रादेशिक राजधानी सरोकार समितिले आह्वान गरेको आन्दोलनको नेतृत्व विभिन्न राजनीतिक दलका नेताहरुले गरेका छन् समितिले आन्दोलनलाई राजमार्ग केन्द्रित बनाएपछि पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङखण्ड प्रभावित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?