नेपाली भूमि मिचेर सीमास्तम्भ राखिएको बारे बुझ्न नापी टोली वीरगञ्जमा

वीरगञ्ज, ६ माघ । पर्सामा सीमा स्तम्भ मर्मतका क्रममा नेपालको करिब ५० बिगाहा जमिन भारततर्फ परेको विषय बाहिर आएपछि नापी विभागको टोली वीरगञ्ज पुगेको छ नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली सीमा मिचिएको स्थानको सत्यतथ्य बुझ्नका लागि वीरगञ्ज पुगेको हो नेपाल–भारत सीमा सर्वेक्षण टोलीका प्रमुख एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले भने प्राविधिक कुराहरु नबुझेका कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताएका थिए नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाँ क्षेत्रमा मात्रै १२ जना भन्दा बढीको नम्बरीसहित झण्डै ५० विगाहा जमिन मिचिएको स्थानीयले बताउँदै आएका छन् मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको सो क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा परेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?