काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा पुनः नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । शहरी र ग्रामिण तथा दुर्गम क्षेत्रका मानिसहरुमा बैंकिङ सेवा उपलब्ध गराउने उदेश्यले बैंकले शाखा कार्यालयहरु विस्तार गरिरहेको छ । यसै क्रममा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २ स्थित सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गरिएको हो । उक्त शाखा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।
नयाँ शाखा सञ्चालनमा आएसँगै त्यहाँका स्थानीयलाइ बैंकिङ कारोबारमा थप सहजता हुने विश्वास बैंकले लिएको छ । एनआईसी एशियाले बैंक तथा वित्तीय संस्था नपुगेका तथा मुलुकका ३४ भन्दा बढि स्थानीय तहहरुमा शाखा विस्तार गरि सेवा दिइरहेको छ । साथै बैंकले अप्रत्यक्ष रुपमा गत आर्थिक वर्षमा मात्र सरकारलाइ ३ अर्ब १५ करोड भन्दा बढि राजस्व भुक्तानी गरिसकेको छ । साथै बैंकले वित्तीय समाबेसिकरणका लागि न्युन वित्तीय संस्थाको उपस्थिती रहेको मुगु, कालिकोट, बझाङ, रुकुम , जुम्ला, सल्यान लगाएतका दुर्गम जिल्लाहरुमा समेत सेवा सञ्चाल गरिसकेको छ ।
एनआईसी मुलुककै ठुलो शाखा सञ्जाल विस्तार गर्ने वाणिज्य बैंक अन्तर्गत पर्दछ । मुलुकभर बैंकको ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्सटेन्सन काउन्टर एवं ४४ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया