ट्रम्प यसरी बन्दैछन् असफल, सरकारी कामकाज ठप्प हुने दिशामा !

वासिंगटन, ६ माघ । अमेरिकी सरकारको कामकाज ठप्प हुने समयसीमा स्थानीय समय अनुसार मध्यरातबाट सुरु हुन लाग्दा सहमति कायम गर्ने अन्तिम प्रयास जारी छ आगामी महिनासम्म संघीय निकायहरूलाई खर्च उपलब्ध गराउने सम्बन्धी विधेयक पारित गराउन अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकनलाई डेमोक्रेट सांसदहरुको समर्थन आवश्यक छ रिपब्लिकनसँग सिनेटबाट सो विधेयक पारित गर्न आवश्यक ६० सांसदको समर्थन छैन । ह्वाइट हाउसमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटेपछि डेमोक्रेट सिनेटर चक सुमरले केही प्रगति भएपनि कैयौँ विषयमा सहमति कायम हुन नसकेको बताएका छन् राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रारम्भिक बैठक राम्रो भएको प्रतिक्रिया दिएका छन् । मध्यरातको समयसीमाभित्र कानून पारित नभएमा अत्यावश्यक बाहेकका अमेरिकी संघीय निकायका कर्मचारीहरूलाई घरमै बस्न निर्देशन दिइनेछ सिनेटमा दलहरू सहमतिभन्दा टाढा रहेकाले र रिपब्लिकनलाई सो कानून पारित गराउन १० जना डेमोक्रेटको समर्थन आवश्यक छ डेमोक्रेटहरूले यस विवादको केन्द्रमा सपना देख्नेहरू समेत भनिने कलिलो उमेरमा गैरकानूनी रूपमा अमेरिका पुगेका ८ लाख मानिसको भविष्यबारेका समाधानलाई समेत राखेका छन् राष्ट्रपति ट्रम्पले उनीहरूका काम गर्ने र अध्ययन गर्ने अधिकार मार्च महिनाको प्रारम्भमा रद्द गर्ने बताएका छन् । उनीहरूलाई वैधानिकता दिनुपर्ने पक्षमा धेरै रिपब्लिकनहरू छन् रिपब्लिकनतर्फका सिनेट नेता मिच मकोनलले डेमोक्रेटका कदमले सैन्य खर्च र बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमलाई अस्थिर बनाउने चेतावनी दिएका छन् अमेरिकामा एउटै दलले संसद्को दुईवटै सदन र ह्वाइट हाउसमा नियन्त्रण जमाएका बेला सरकारी कामकाज ठप्प हुने यो पहिलो घटना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?