एभरेष्ट बैंक लिमिटेडको शेयर सुचिकृत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडलेको चार लाख कित्ता साधारण शेयर सूचीकृत गरेको छ । बैंकको ४ लाख कित्ता बराबरका शेयर मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भएको जनाएको छ । बैंकको अग्राधिकार शेयर साधारण शेयरमा परिणत भएपछि सूचीकृत गरेको बैंकले जनाएको छ ।

बैंकले कुल २० लाख कित्ता अग्राधिकार शेयर जारी गरेको थियो । जसमध्ये हालसम्म १६ लाख कित्ता साधारण शेयरमा परिणत भईसकेको छ । बैंकका अनुसार प्रत्येक ३ वर्षमा करिब २० प्रतिशतका दरले साधारण शेयरमा परिणत गरिएको थियो । साथै परिणत हुन बाँकी रहेको ४ लाख कित्ता शेयर प्रावधान अनुसार आगामी ३ वर्षपछि मात्र सर्वसाधारणमा परिणत गर्न हुने बैंकले जनाएको छ ।

बैंकले गत असोज ९ गते मात्रै १६ लाख कित्ता शेयर अग्राधिकारबाट साधारणमा शेयरमा परिणत गरेको जनाएको छ । बैंकले यस पटकसम्म गरि चौंथो पटक अग्राधिकार शेयर साधारण शेयरमा परिणत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?