सिद्धार्थ बैंकले एक महिनाको लागि ल्यायो यस्तो छुट योजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई छुट दिने भएको छ । बैंकले एक महिनाका लागि विशेष छुटको योजना ल्याएको हो । बैंकको १७ औँ वार्षिकोत्सव पुस ९ गते रहेको छ । यहि अवसरमा बैंकले पुस ९ देखि माघ १० गतेसम्म लागू हुने गरी छुटको योजना ल्याएको हो ।

कस्ता छन् त छुट योजना ?

उक्त छुट योजना अन्तर्गत दराजमा कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म अर्थात अधिकतम ५ सय रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ ।

त्यस्तै ग्राहकहरुले पहिलो दुई पटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याकको योजना रहेको छ । ग्राहकहरुले एक महिनाभित्र कम्तिमा तीन पटकसम्मा १५ हजार रुपैयाँको पस मेसिनमार्फत् कारोबार गर्दा १ हजार रुपैयाँ क्यास ब्याकको योजना रहेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याकको विशेष छुटको योजना रहेको छ । साथै पहिलो दुई पटक ५ सय वा सो भन्दा बढी रकम मेसिनमार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याकको सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो वित्तीय पहुँच विस्तार गर्ने क्रममा देशभर १७६ वटा शाखा कार्यालय (४ एक्स्टेन्सन् काउन्टर सहित) मार्फत सेवा दिइरहेको छ । त्यस्तै १९५ एटिएम, १०१ शाखारहित बैंकिङ्ग सेवा तथा १ हजार ६ सय भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?