काठमाडौँ । गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । बिदा दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको भएपनि निर्णय भने नभएको हो ।
केही सञ्चारमाध्यमले बिहीबार बिदा दिएको भन्दै समाचार प्रकाशित गरेपछि भ्रम सिर्जना भएको थियो । गृह सचिव प्रेम कुमार राईले बिहीबार बिदा दिने नभएको बताए ।
भोलि पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सरकारले बिदा दिएको भन्ने भ्रम सिर्जना भएको थियो ।
पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ ।
ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस अनुसार यो मान्यतालाई मान्नेहरुले बुधबारदेखि नै भोजन नगरी बसेका छन् ।
ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएकाले बिदा दिनेबारे छलफल भएपनि निर्णय नभएको हो ।
केही शैक्षिक संस्थाले भने बिहीबार बिदाको निर्णय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया