काठमाडौं । पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्ने गर्दछ । खगोलविदहरुले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् ।
सूर्यग्रहण काठमाडौंमा विहान ८ः ४३ मा शुरु भई ११ः ३३ मा सकिनेछ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रहेनछ । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुपमा हेरिरहेको छ ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।
मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस आँखा विग्रीन सक्ने सम्भावना हुँन्छ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन ।
विशेष प्रकारको गाढा प्रकारको धातु लेपन भएको चस्माले मात्र ग्रहण अवलोकन गर्न सकिने छ । अन्य चस्माबाट ग्रहण हेर्नु खतरा हुने बताइएको छ ।
सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन ।
यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स–रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन ।
कीर्तिपुरस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सूर्यग्रहणको प्रत्यक्ष अवलोकनको व्यवस्था मिलाएको जनाएको छ ।
त्यस्तै सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया