एजेन्सी । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ ।
अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै विश्वकै धनी क्लब बनेको हो ।
ग्लोबल स्पोर्ट्सको तथ्यांक अनुसार बार्सिलोनाको खेलाडीको औषत तलब १ सय ४७ करोड रुपैयाँ रहेको छ जुन गत वर्ष बार्सिलोनाका खेलाडीको औषत तलब भन्दा कम हो । पछिल्लो वर्षको आँकडा भन्दा यस वर्ष ९ करोड रुपैयाँ कम भएको छ । तर, बार्सिलोना पहिलो स्थानमा छ । पछिल्लो वर्ष वर्ष बार्सिलोनाका खेलाडीको औषत तलब १ सय ५६ करोड नेपाली रुपैयाँ थियो ।
स्पेनकै रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको खेलाडीको वार्षिक तलब १ सय ३२ करोड रुपैयाँ रहेको छ ।
तेस्रो स्थानमा इटालियन क्लब युभेन्ट्स रहेको छ । युभेन्ट्सको खेलाडीका तलब १ सय २० करोड रुपैयाँ रहेको छ । क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा अनुबन्धन भएपछि क्लब दुई वर्षमै धनी क्लबमा आएको हो ।
बास्केटबल क्लब पोर्टल्याण्ड ट्रेल ब्लेजर चौथो स्थानमा छ । क्लबका खेलाडीको औषत तलब १ सय १८ करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया