दिमाग बराबर क्षमताको आँखा हुने अनौठो जनावर, जसले राती मात्रै आँखा देख्छ

एजेन्सी । संसारमा पाइने प्रत्येक जनावरहरुको केहि न केहि आ-आफ्नो विशेषता हुने गर्छ । केहि जनावर आफ्नो शरिरको बनावटका कारण प्रचलित छन्, भने केहि स्वर र शक्तिका कारण प्रचलितमा छन् । त्यहि मध्येको एउटा जनावर हो टारसियर । यो जनावर ठूला र चम्किला आँखाको कारण परिचित मानिन्छ ।

टारसियरको शारिरीक बनावट सानो हुन्छ । दक्षिण–पूर्वी एसियामा पाइने यो जनावरको आँखा नै उसको सबैभन्दा ठूलो हतियार र गहना हो । उसको आँखा नै दिमाग बराबर क्षमताको हुन्छ ।

यो जनावरले आँखालाई मात्र घुमाएर दाँयाबायाँ हेर्न सक्दैन । उसलाई यताउती हेर्नको लागि पूरै टाउको नै घुमाउनु पर्छ । उसको चस्मा जस्तो लाग्ने आँखा नै शरिरको सबैभन्दा महत्वपूर्ण भाग मानिन्छ । किनभने टारसियरले यिनै आँखाको माध्यमबाट घनघोर अध्याँरोमा पनि सहजै देख्न सक्छ । तर टारसियरले हरेक वस्तुु एकै किसिमको देख्ने लण्डनका नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर जेफ वाक्सल बताउँछन् ।

उसको आँखाको बनावटले नै टारसियरले हरेक उज्यालोको अन्तिम झुल्को संकलन गर्न सक्छ । उसको आँखा रातमा देख्न सक्ने कुनै नाइट भिजन चस्मा जस्तै हुने गरेको वाक्सल बताउँछन् ।

विश्वमा यस्ता अनेकौँ अनौठा जीवहरु हुन्छन् । जसले आफ्नो अस्तित्व बचाउँन अनेक तरिका अपनाउने गर्छन् । अध्याँरोमा बस्ने जीवहरूमा प्रायजसो प्रकृतिले नै ‘नाइट भिजन’ शक्ति दिएको हुन्छ । यस्ता कतिपय जीवहरु स्थलचर हुन्छन् भने कतिपय जलचर हुने गर्छन् ।

थ्रेडफिन ड्रेगन फिस नाम गरेको माछाले शरीरको पछिल्लो भागबाट एक किसिमको उज्यालो किरण उत्पन्न गर्छ । यसको शरीरबाट निस्किने किरणको एम्प्लिट्युड अन्य किरण बराबर नै हुन्छ । उक्त किरणको सहायताले उसले जुनसुकै ठाउँमा पनि सजिलैसँग देख्न सक्छ भने सजिलैसँग आफ्नो लागि सिकार गर्न आफू बच्न पनि सक्छ ।

किरण उत्पन्न गर्ने खास अंग बाहेक पनि यो माछाको आँखाको पछाडी भागमा दुईवटा हेड ल्याम्प हुन्छन् । त्यसलाई आवश्यकताअनुसार अन अफ गर्न पनि सक्छ ।

अन्धकार गुफा अर्को ठाँउ हो, जहाँ सूर्यको किरण कम पछ । रिमेपेड समुद्री सतह भन्दा तल गुफा बनाएर बस्छ । यस्ता जीवहरु विशेष गरेर मेक्सिकोको खाडीमा पाइने जेफ बताउँछन्।

उनीहरू अन्धा हुन्छन् र उनीहरूसँग लामा–लामा एन्टेना र एक पर्दा हुन्छ । जसबाट उनीहरूको नजिक आइरहेको शिकारीको जानकारी मिल्छ । साथै पानीमा भइरहेको हलचलको महसुस गर्न पनि मद्दत हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?