पूर्व स्वास्थ्य सचिव श्रेष्ठको निधन

काठमाडौं । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ। महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल उपचाररत श्रेष्ठको बिहीबार बिहान सात बजेर ५५ मिनेटमा निधन भएको हो। एक्कासी सेप्सिस भएपछि उपचाररत रहेको अवस्थामा निधन भएको हो।

उनको स्वास्थ बिग्रँदै गएपछि थप उपचारका लागि बुधबार शिक्षण अस्पताल लगिएको थियो। श्रेष्ठलाई रुघाखोकी र निमोनियाका साथ सेप्सिस भएको बताइएको छ।

के हो सेप्सिस ?
सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्व लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?