काठमाडौं । बुधबार एकाएक मिडियामा समाचार आयो चर्चित गायक रामकृष्ण ढकालको डिभोर्स भनेर । यो विषयले सामाजिक संजालमा पनि चर्चा पायो । यो विषयलाई लिएर ढकालका कतिपय समर्थकले दु:ख व्यक्त गरेका थिए, भने कतिपयले उनको छोरीको भविष्यबारे चिन्ता व्यक्त गरे । अनि कतिपयले उनकी श्रीमती निलमलाई समेत गाली गरेका थिए ।
तर रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीचको डिभोर्सबारे नयाँ ट्वीस्ट आएको छ । गायक ढकालले एक स्टाटस लेख्दै संचारमाध्यममा आएका समाचारको खण्डन गरेसंगै डिभोर्सबारे नयाँ ट्वीस्ट आएको हो ।
उनले भनेका छन्, “पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।”
साथै उनले आफ्नो पत्नी निलम शाहको चरित्र हत्या हुने गरि आएको टिकाटिप्पणीप्रति समेत खेद प्रकट व्यक्त गरेका छन् ।
“विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।” उनले लेखेका छन् ।
तर जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले स्पष्ट रुपमा उनको सम्बन्ध विच्छेद भएको उल्लेख गरेको छ । जहाँ निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया