काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताप्लेजुङ स्थित फुङलिङ नगरपालिकामा १२९ औं शाखा संचालनमा ल्याएको हो । उक्त नयाा शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकको शाखा विस्तारका क्रममा बैंकका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
उक्त शाखा सञ्चालनले उक्त क्षेत्रका जनताहरुमा बैंकिङ कारोबारमा सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले देशभर १२९ वटा शाखा कार्यालय माफृत सेवा प्रदान गरिरहेको छ । त्यस्तै ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए।टि।एम मार्फत सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया