५२ लाख बराबरको भन्सार चोरीको सामानसहित २ जना पक्राउ

काठमाडौं । अवैध भन्सार छली गरी विभिन्‍न प्रकारका जिन्सी सामानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको चमती घर भएका २५ वर्षीय निकेश शाक्य र नुवाकोटकी बुद्धसिंह घर भई हाल काठमाडौंको लैनचौर बस्ने २१ वर्षीय रेश्‍मा श्रेष्‍ठ रहेको प्रहरीले जनाएको छ ।

बुधबार स्वयम्भुबाट पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार सम्मेलन गर्दै विहिबार सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १५ लाख ७७ हजार रुपैयाँ नगदसहित घडी, क्यामेरा लेन्स, मोबाइल लगायत ५२ लाख बराबरको जिन्सी समान बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?