काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीवार नेप्से परिसूचक घटेको छ । यो साता शेयर कारोबार दोहोरो अंकले बढेको थियो । भने अन्य दिनहरुमा सामान्य अंकले मात्र सुधार भएको थियो । त्यस्तै आज नेपाल स्टक एक्सचेन्जका अनुसार आज ० दशमलव ६२ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ४१ बिन्दुमा आइपुगेको छ ।
धितोपत्र बजारमा आज कुल १७२ वटा कम्पनीको शेयर बजारमा कारोबार भएको थियो । जसको १६ लाख ४१ हजार २ सय ११ कित्ता शेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।
आज व्यापार, लाईफ इन्स्योरेन्स ,बैंकिङ् तथा बिकास बैंकको शेयर बढेको छ भने अन्य बाँकी सबै समूह घट्न गएका छन् । कारोबारमा आएकामध्ये नेपाल सेवा लघुवित्तका लगानीकर्ताले भने आज सबैभन्दा धेरै कमााउन सफल भएका छन् । जसको शेयर मूल्य करिब ८ दशमलव ८० प्रतिशतले बढे प्रतिशेयर ५ सय ४४ रुपैयाँसम्म कारोबार भएको नेप्सेले जनाएको छ । भने पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ६२ प्रतिशतले गिरावट आई प्रतिशेयर मूल्य १०९ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज नेपाल बैंक लिमिटेडले सबैभन्दा बढि कारोबार भएको छ । जसको ४ लाख १७ हजार ३ सय ४० कित्ता शेयर कारोबार हो। जसको मूल्य १३ करोड २२ लाख भन्दा बढीमा कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ११ प्रतिशतवाला डिबेन्चर ६ करोड बढीको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया