कुकुरले यसरी अनौठो तरिकाबाट पत्ता लगायो हत्यारा

एजेन्सी । घरमा विवाह थियो । सबै घरका सदस्य खुसी साटासाटमा व्यस्त थिए । तर क्षणभरमै उक्त खुसी दुु:खमा परिणत भयो । किनभने विवाह हुनेवाला वरको नै हत्या भयो । तर एउटा कुकुर घटनास्थलबाट ३ किलोमिटर टाढा एक घरमा गयो । उक्त घरमा बस्नेवाला मानिसहरुलाई नै मृतकका बुबाले आरोप लगाएका थिए ।

भारतको कुशीनगर जिल्लामा २६वर्षका अश्विनी कुमार नाम गरेका व्यक्तिको विवाह थियो । तर विवाह भन्दा पहिले नै उनको हत्या भयो । विहान गाउँभन्दा तीन किलोमिटर टाढा नहरमा उनको शव भेटियो ।

मृतकका पिताले भने अनुसार गाउँका ४ जनालाई प्रहरीले समातेर राखेको थियो तर प्रशिक्षित कुकरले केहि समयमै अनौठो तरिकाले हत्यारा पत्ता लगायो ।

कुकरले घटनास्थलमा आएका सबैका गन्ध लियो तर त्यहाँ हत्यारा नभएको थाहा पाएपछि कुकरले मानिसको शव सुघ्यो र एकैपटक तीन किलोमिटर टाढाको घरमा गयो ।

त्यहाँ पुग्दा हत्यारा फरार भएका थिए । उनको घरबाट हत्या गर्दा लागेको रगतसहितको कपडा प्रहरीले फेला पारेको थियो । र तत्कालै प्रहरीले उक्त मानिसको खोजिमा यत्रतत्र खबर गर्याे ।

भोलिपल्टै हत्यारा भेट्टियो पनि । नभन्दै उक्त व्यक्तिले नै हत्या गरेको कुरा प्रहरीको बयानमा खुलेको छ । अहिले उक्त कुकरले पत्ता लगाएको अनौठो तरिकाको सामाजिक सञ्जालमा चारैतिर तारिफ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?