अमेरिकाको कोलोराडोमा एक व्यक्तिले बैंक लुटेको पैसा मानिसहरुलाई बाड्ने प्रयास गरेका छन् । प्रहरीका अनुसार डकैती गरेपछि सो बैंक बाहिर निक्लेर सडकबाट पैसा हावामा उडाइयो । चोरले सो पैसा लिन बटुवाहरुलाई आह्वान पनि गरे । साथसाथै उनले कराउँदै क्रिसमसको शुभकामना पनि दिए ।
प्रहरीले चोरी कार्यमा संलग्न डेबिड वेन ओलिवरलाई पक्राउ गरेको छ । उनको साथबाट हरियार भने बरामद नभएको समाचारमा जनाइएको छ । डेविडले यो काम गत सोमबार गरेको बताइएको छ । बैंकका एक प्रत्यक्षदर्शीका अनुसार उनी बैंकभित्र पसेर कर्मचारीलाई मार्ने धम्की दिँदै पैसा लिएर हिँडेका थिए । त्यतिबेला बैंकमा खासै भीड थिएन । सोही बेला उनले क्यासियरलाई पैसा दिन भने । यद्यपि उनले कति पैसा लुटे भन्नेबारे अहिलेसम्म बाहिर सार्वजनिक गरिएको छैन । उनी त्यहाँबाट बाहिरिएर पैसा उडाउँदै लिन आह्वान गरेको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया