तपाईंलाई सुन्दा अचम्म लाग्ला, सबै बासी खाना स्वास्थ्यका लागि हानिकारक हुँदैनन् । केही खानेकुरा यस्ता पनि हुन्छन् जुन बासी खाँदा स्वास्थ्यलाई बढि फाइदा पुग्छ । जसमध्ये एक हो गहुँ । हामी तपाईंलाई बासी रोटीका यस्ता फाइदाबारे जानकारी दिँदैछौं जसबारे थाहा पाएपछि तपाईं बासी रोटीलाई फ्याँक्नुको साटो आफै खानुहुन्छ ।
१. दुधसँग बासी रोटी खाँदा ब्लड प्रेसर नियन्त्रणमा हुने गर्दछ । बासी रोटीलाई १० मिनेटसम्म दुधमा भिजाउनुहोस् । बिहानको नास्तामा भिजेको रोटी खानुहोस् । यस्तो गर्दा तपाईंको उच्च रक्तचाप नियन्त्रण हुन्छ ।
२. हाम्रो शरिरको साधारण तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । तापक्रम ४० भन्दा बढि हुँदा हाम्रो शरिरको महत्वपूर्ण अंगलाई क्षती पुग्ने गर्दछ । दुधमा भिजाइएका बासी रोटीले शरिरको तापक्रमलाई नियन्त्रणमा राख्न निकै प्रभावकारी साबित हुन्छ ।
३. जसलाई लगातार पेट दुखिरहन्छ उनीहरुका लागि बासी रोटी निकै फाइदाजनक हुन्छ । राती सुत्नुअघि दुधमा भिजाइएको बासी रोटी खाँदा कब्जियत र ग्यासको समस्याबाट राहत पाइन्छ ।
४. मधुमेह रोगीले बासी रोटी खाँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया