काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गरेका छन् ।
शुक्रबार १ बजेलाई तय गरेको बैठक ५ बजे मात्र सुरु भएको हो । बिहीबार चाक्सिबारीमा भएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको छलफलबाट पनि सहमति जुट्न सकेको थिएन् ।
असन्तुष्ट पक्षका नेविसंघ नेता तथा कार्यकर्ता नेतृत्वको लागि ३२ वर्षको उमेर हदबन्दी लागू गर्नुपर्नेलगायतका मागसहित १० दिनदेखि अनसनमा छन् ।
एजेन्डामा सहमति नहुँदा अहिलेसम्म छलफल हुन सकेको छैन। असन्तुष्ट पक्षको बहिष्कार तथा विरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया