मुम्बई । आज बलिउड अभिनेता सलमान खानको जन्मदिन हो । आजैको दिन पारेर खानकी कान्छी बहिनी अर्पिता शर्माले छोरीको जन्म दिएकी छिन् । अर्पिताले अपरेशनमार्फत मुम्बईको खारस्थित हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अर्पिताका श्रीमान आयुष शर्माका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको छ ।
समाचारअनुसार सलमानले अरु भाइबहिनीमध्ये बहिनी अर्पितालाई सबैभन्दा धेरै माया गर्छन् । आफ्नो प्रिय दाईको जन्मदिन खास बनाउन चाहन्थिन् अर्पिता । सोहीअनुसार अर्पिताले जन्मदिनकै अवसर पारेर सिजरियनमार्फत बच्चा जन्माउने निर्णय गरेकी हुन् ।
सलमानकी बहिनी अर्पिताको २०१४ मा हैदराबादको ताज होटलमा भव्यताका सम्पन्न भएको थियो । उनले ४ वर्षअघि छोरा जन्माएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया