काँग्रेस सभापति देउवाद्वारा ४७ वटा विभाग गठन (नामसहित)

महाधिवेशन ०७७ फागुनमा, तरुण दलको पदावधि ६ महिना थप

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले ४७ वटा विभागहरु गठन गरेका छन् । देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुर्नगठन गरी सोही विधानको धारा ३७ (२) ले गरेको केन्द्रीय विभागहरुको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थालाई विधानको धारा ५० (५) बमोजिम व्याख्या गरी ४७ (सत्चालीस) वटा विभागहरुको गठन गरी गरेका हुन् ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकबाट गरिएको निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइने बताइएको छ ।

केन्द्रीय विभागहरुको नाम

१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. स्थानीय तह समन्वय विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
८. संसदीय मामिला विभाग
९. संवैधानिक तथा कानुन विभाग
१०. पर्यटन विभाग
११. महिला विभाग
१२. तरुण विभाग
१३. विद्यार्थी विभाग
१४. पेशागत तथा बुद्धिजीवि विभाग
१५. शिक्षा विभाग
१६. स्वास्थ्य विभाग
१७. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
१८. उद्योग तथा व्यापार विभाग
१९. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२०. कृषि तथा किसान विभाग
२१. आदिवासी जनजाती विभाग
२२. खेलकुद विभाग
२३. प्राकृतिक श्रोत विभाग
२४. साहित्य, कला तथा संस्कृति विभाग
२५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
२६. बैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
२७. अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग
२८. दलित विभाग
२९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३०. मुस्लिम विभाग
३१. वन तथा वातावरण विभाग
३२. तराई मधेश विभाग
३३. वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
३४. पिछडिएको क्षेत्र समन्वय विभाग
३५. विज्ञान तथा सूचना प्रविधि विभाग
३६. भू.पू. सैनिक विभाग
३७. जिल्ला सम्पर्क समिति समन्वय विभाग
३८. अन्य पार्टी सम्पर्क विभाग
३९. आर्थिक नीति तथा योजना विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
४२. थारु विभाग
४३. आपूर्ति तथा उपभोक्ता विभाग
४४. श्रम विभाग
४५. भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग
४६. गैर आवासीय नेपाली समन्वय विभाग
४७. पूर्व राष्ट्रसेवक समन्वय विभाग

गठन गरिएका विभागहरुका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरुको नियुक्ति विधान बमोजिम यथाशीघ्र गरिने मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले बताए ।

यस्तै बैठकले नेपाल नेपाल तरुण दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको छ । पार्टी सभापतिले आवश्यक परामर्श गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै बैठकले पार्टी १४ औँ महाधिवेशन ०७७ फागुन ७, ८,९ र १० गते निर्णय भएको छ । कांग्रेसको तेह्रौ महाधिवेशन २०७२ फाल्गुण २०–२३ गतेसम्म काठमाण्डौंमा सम्पन्न भएको थियो भने पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०७६ फाल्गुण १९ गतेसम्म कायम रहेको छ ।

तर, नेपालको संविधान जारी भई मुलुकको संघीय संरचना सहित जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगरपालिका, गाउँपालिका र नगरपालिका÷गाउँपालिका वडाहरु समेतको पुर्नसंरचना भएको र सो अनुकुल पार्टीले आफ्नो विधान, नियमावलीमा संशोधन गरी पार्टीका सांगठनीक संरचनालाई सोही अनुसार समायोजन र पुर्नगठन गर्नु परेकाले म्याद थप गरेको काँग्रेसले जनाएकाे छ  ।
निर्णयमा भनिएको छ, ‘२०७६ फाल्गुण १९ गतेभित्र केन्द्रीय महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशनको तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न समेत थप समय आवश्यक भएकोले, यस अवस्थालाई असाधारण स्थिति ठहर गरी, नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०७६ फाल्गुण २० गतेदेखि लागु हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिन्छ । यो निर्णयको निर्वाचन आयोगलाई जानकारी दिने ।’

यस्तो छ महाधिवेशन कार्यतालिका
गाउँ÷नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते
गाउँ÷नगरपालिका अधिवेशन– २०७७ मंसिर ११ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते
जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते
प्रदेश अधिवेशन– २०७७ पौष १५ गते
केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?