एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
बम विस्फोटमा परी ९० भन्दा बढी घाइते भएका छन् । मारिनेमा दुई जना टर्किस इन्जिनियर पनि रहेका स्थानीय प्रहरीको भनाइ छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।
सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू रहेको ठाउँनजिकै विस्फोट भएको थियो । बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका १६ विद्यार्थी पनि रहेका थिए ।
विस्फोट कसले गरायो भन्ने कुरा पुष्टि भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया