एजेन्सी । तीन पटकको ग्राण्डस्लाम च्याम्पियन एन्डी मर्रेले अष्ट्रेलियन ओपन टेनिस गुमाउने भएका छन् । कम्मरको चोटको कारण मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।
अष्ट्रेलियन ओपन जनवरी २० देखि फेब्रुवरी ३ सम्म मेलबर्नमा हुनेछ । ३२ वर्षीय मर्रेले ११ महिना अघि हिपको शल्यक्रिया गरेका थिए ।
अष्ट्रेलियन ओपनसँगै मर्रेले एटीपी कप समेत गुमाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया