काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रजरी बिल जारी गर्न लागेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गरि २ अर्ब १० करोड बराबरको ट्रजरी बिक्रि गर्न लागिएको जनाएको छ । राष्ट्र बैंकका अनुुसार सोमवार बोलकबोल प्रक्रिया मार्फत टे्रजरी बिक्रि गर्न लागेको हो ।
राष्ट्र बैंकले जारी गर्न लागेको उक्त टे्रजरी फरक फरक अवधीको रहेका छन् । जसअनुसार २ अर्ब ३६४ दिनमा लागि तथा १० करोड भने ९१ दिनका लागि रहेकाे छ ।
खासगरि ट्रेजरी राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि जारी गर्ने गर्दछ । राष्ट्र बैंकले २८ दिने,९१ दिने, १८२ दिने तथा ३६४ दिने गरि ४ अवधीको ट्रेजरी जारी गर्ने गर्दछ । तर हाल २८ दिने ट्रजरी भने हाल प्रचलनमा रहेको छैन् ।
राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी सोमवार दिउसोको २ वजे बोलकबोल मार्फत जारी गरिने छ । भने परिपक्कता मंगलवार मात्र गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया