म्यासेन्जरले ल्याएको नयाँ तर डरलाग्दो फिचर, भिडियो च्याटमा सावधानी अपनाउनुहोस्

काठमाडौं । पक्कै तपाई फेसबुक चलाउनुहुन्छ । हुनसक्छ, यो समाचार पनि फेसबुकको कुनै पेजबाट पढ्दै हुनुहुन्छ होला । अनि फेसबुकसँगै तपाई त्यहाँ भएका साथीभाईसँग अडियो भिडियो च्याटका लागि म्यासेन्जर पनि ।

तर अब तपाई सतर्क हुनुपर्ने भएको छ । फेसबुकमा आफ्ना साथिभाईसँग भिडियो कल गर्दा अब पहिलेजस्तो ढुक्कले कुरा गर्ने अवस्था छैन । किनकी तपाईको गोपनियता भङ्ग हुनसक्छ ।

कसरी ? हो, फेसबुकले २ दिन अगाडिमात्र नयाँ फिचर ल्याएको छ । तपाईले याद गर्नुहोस् त भिडियो कलको देब्रेतिर देखीने डबल फ्रेमको चित्र भएको स्क्रीन सेयर छ ।

यदि तपाईले आफ्नो फोटोमा विभिन्न आकृति जोडेर अर्थात् ईफेक्ट प्रयोग गरेर मुसाको जुँगा राख्ने, दारी पाल्ने, टोपी थप्ने आदी ईत्यादि सेट गर्ने फिचर सम्झिएर वा त्यो फिचर प्रयोग गर्दा डबल फ्रेमवाला आकृतिमा क्लिक गर्नुभयो भने तपाईको फोनको सम्पूर्ण जानकारी तपाईले भिडियो च्याट गरिरहेको मानिसमा जान्छ ।

हो, उसैले कोशौँ टाढाबाट तपाईका रहेक च्याट, म्यासेज, गफगाफ र सम्पूर्ण कुरा नियाल्न सक्छ । त्यसैले तपाईले स्क्रिन सेयर बटन नथिच्नुहोस् ताकि तपाईको गोपनियता भंग नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?