एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपले फेरि चुनाव जिते उनकी छोरी इभान्का ट्रम्पले ह्वाइट हाउस छोड्ने बताएकी छिन् ।
२०२० मा हुने राष्ट्रपतिको चुनाव हुन लागेको छ । एक च्यनलसँगको अन्तरवार्तामा इभान्काले आफ्ना सन्तानका लागि ह्वाइट हाउस छोड्ने बताएकी हुन् ।
ट्रपले फेरि चुनाव जिते उनको प्रशासन सम्हालि राख्ने की छोड्ने भन्ने अन्तरवार्ताकारको प्रश्नमा सन्तानका लागि समय दिने प्रतिक्रिया दिएकी छिन् । उनले भनीन् – मेरा निर्णय सधैँ उनीहरुका आवस्यकताका लागि पहिलो र प्रमुख हुनेछन् ।
३८ वर्षीया इभान्काले सामाजिक अभियानको आफ्नो काम सम्पन्न भइनसकेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया