फेरी चितवनबाट २ चिनियाँ नागरिक पक्राउ, यस्तो छ कारण

काठमाडौं । चितवनबाट २ चिनियाँ नागरिक पक्राउ परेका छन् । चितवनमा शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेका हुन् ।

पक्राउ परेका चिनियाँमाथि अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, यी दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।

यसअघि काठमाडौंको बूढानीलकण्ठबाट शंकास्पद गतिविधि गरिरहेका १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए । अहिले उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?