काठमाडौं । डडेल्धुरामा घर भत्किँदा पुरिएर एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । जिल्लाको नवदुर्गा गाउँपालिका १ ओली गाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको हो ।
आइतबार दिउँसो एक्कासी दुई कोठे कच्ची घर भत्किँदा च्यापिएर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किदा केशवकी ३५ वर्षीया श्रीमती तारादेवी ओली गम्भीर घाइते भएकी छिन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया