भारतमा चिसोले दुई दिनमा ९० जना भन्दा बढीको मृत्यु

ऐजेन्सी। भारतमा चिसोले अहिले सम्म ९० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ ।

उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

भारका विभिन्न राज्यमा बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ ।

त्यस्तै नयाँ दिल्ली, पञ्जाब, हरियाणा, उत्तरी मध्य प्रदेश, उत्तरी राजस्थान, उत्तर प्रदेशलगायतमा अवागमनसमेत प्रभावित हुने सम्भावना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?