दाजु बहिनिबीचको प्रेम सम्बन्धमा थर तगारो, मारेर तमोरमा बगाए अधिकारीले

काठमाडौं । प्रेमले मान्छेलाई के गर्दैन ? प्रेमले कहिले रुवाउँछ अनि कहिले हसाउँछ । भनिन्छ, प्रेम बिना संसार चल्दैन । तर कहिलेकाही यहि प्रेमले कसैको संसार नै तहसनहस पार्छ । रंगिन जीवन खण्डहर बनाईदिन्छ । प्रेम अन्धो हुन्छ भन्छन् सायद त्यसैले त होला प्रेमकै कारण मान्छेले आफ्नो जिन्दगी नै गुमाउँछ । क्षणिक आवेगमा जीवन बर्बादीमा पुर्याउँछ । हो, ताप्लेजुङमा एउटा यस्तो घटना घटेको छ जुन घटनाले एकचोटी सबैको मनमा प्रश्न उब्जाइदिन्छ के साँच्चै मानवियता हराएको हो नेपाली समाजले ?
ताप्लेजुङमा दाजु बहिनीबीचको प्रेमले डरलाग्दो घटना निम्त्याएको पाइएको छ । घटना हो ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीको ।
दाजु नाता पर्नेसँग प्रेममा परेकी १९ वर्षिया मन्दिरा अधिकारीको प्रेमी अर्थात् दाजुबाटै हत्या भएको छ ।

भएको के हो ?

गत मंसिर १७ गते बेलुकी खान खाएर बाहिर निस्किएकी थिइन् । घरमा आमाले भोली मेला (छिमेकीको पर्म तिर्न) जानुपर्छ है भन्दा खाना खाँदै हुन्छ भनेर बाहिर निस्किएकी मन्दिराले सायदै सोचिन् होलि म प्रेमी होइन हत्यारा भेट्न जाँदै छुु भनेर । घरबाट निस्किएर मन्दिरा आफ्नो प्रेमी रमेश अधिकारीलाई भेट्न गएकी थिइन् । रमेशको मंसिर २५ गते विवाह हुँदै थियो । त्यस दिन रामेश विवाहको लागि किनमेल गर्न बजार गएका थिए । बजारबाट फर्कने क्रममा मन्दिरालाई फोन गरेर भेट्न बोलाएका थिए । भेटको क्रममा मन्दिराले रमेशलाई आफैँसँग बिहे गर्न दवाव दिएकी थिइन् तर रमेशले आफुहरु एउटै थर र गोत्रको रहेको र दाजुबहिनी भएकाले बिहे गर्न नहुने बताएका थिए । तर मन्दिराले ढिपी गरेपछि उनीहरुबीच विवाद भएको र सोहि बेला रमेशले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रमेशले हत्या गरी मंदिराको शव तमोर नदीमा फालेको हुन् ।

प्रहरीका अनुसार मन्दिराको शव हालसम्म फेला परेको छैन । प्रहरीले रमेशलाई पुष ९ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रमेशले प्रहरीलाई दिएको बयानमा आफुले मन्दिराको हत्या गरेको स्वीकार गरेका छन् । “मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो। हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ”

उनले हत्या गरि झोलुंगे पुलबाट तमोर नदीमा फालिदिएको पनि स्वीकार गरेका छन् । मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत् अभियुक्त रमेशलाई आइतबार सार्वजनिक गरेको हो। यसअघि पनि एउटा यस्तै घटना सार्वजनिक भएको थियो ।

यो समाचार पढ्नुभएको थियो ?

‘दाजु बहिनी’ पर्ने विवाहिता एउटै पासोमा झुण्डिएर आत्महत्या, फेसबुकमा जे देखियो !

विवाहेत्तर सम्बन्धको कुरुप पाटो : श्रीमान् विदेशमा, श्रीमतीले अर्कैसँग पासो लगाएर प्राण त्यागीन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?