काठमाडौं । यही पुस २४, २५ र २६ गते भारतको कोलकाता उलबरियास्थित रवीन्द्र भवनमा हुने नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० तथा अन्तरराष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालका तर्फबाट मिसन गोजुरियोको टोलीले भाग लिने भएको छ ।
जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालका प्रमुख प्र्रशिक्षक केबी रानाले पाँच देशका पाँच सय खेलाडीको प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरियोले गर्ने पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा श्रीलङ्का, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीले प्रतिसपर्धा गर्ने छन् ।
मिसन गोजुरीयाका संस्थापक अध्यक्ष रानाले प्रतितयोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्षभन्दा माथिको उमेर समूहका करातेका कुमुतें र काता विधामा प्रतिसपर्धा हुने बताए । यसअघि पुना, दिल्ली र पटनामा भएको अन्तराष्ट्रिय च्याम्पीयनपिपमा टिम च्याम्पियनसमेत रहेको नेपाली टोलीले नवौँ अन्तरराष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरियोका केन्द्रीय सचिव गिरीप्रसाद पुनले बताए । प्रतियोगितामा सात महिलासहित २० खेलाडी र सात अधिकृत गरी २७ जना सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा विगतमा अन्तरराष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक विजेता रुपा राना, सन्तु थारु, सुमन परियार, साहिल गुरुङ, विपीन गुरुङलगायतको सहभागिता हुने मिसन गोजुरियो रुपन्देहीका अध्यक्ष उमेश थापाले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया