एजेन्सी । धन सम्पत्तिको लागि हिन्दु धर्मावलम्बीहरु माता लक्ष्मीको पूजा गर्ने गर्छन् । माता लक्ष्मीलाई प्रसन्न पार्न बिभिन्न परिकारका मिष्ठान्नहरु चढाउने गर्छन् ।
धन सम्पत्तिको आवश्यक परे उनीहरुले यो विधि अपनाउने गर्छन् । यदि कसेको साथमा धन सम्पत्ति टिक्दैन भने पनि महालक्ष्मीको पूजा गर्ने गरिन्छ । यदि तपाईहरुको हातमा पनि पैसा टिक्दैन भने ज्योतिष शास्त्रले बताएका यी १० उपायहरु अपनाउन सक्नुहुन्छ ।
१.शंख
शास्त्रका अनुसार घरको पूजा कोठामा शंख राख्दा शुभ मान्ने गरिन्छ । जसको घरमा शंख राखिन्छ त्यो घरमा महालक्ष्मीले बास गर्ने कुरा शास्त्रमा बताईएको छ । शंख घरमा राखेमा मात्र पनि कहिल्यै तपाईलाई धनसम्पत्तिको खाँचो पर्दैन ।
२.कलश
घरको ईशान कोणमा एउटा कलशमा पानी भरेर राख्दा पनि कहिल्यै हामीलाई धनसम्पतिको खाँचो पर्दैन । यसरी ईशान कोणमा जलले भरिएको कलशलाई दिनदिनै पूजा गर्दा तपाईको घरमा महालक्ष्मीको बास हुन्छ ।
३. कौडी
माता लक्ष्मीलाई प्रसन्न राख्नको लागि पूजा स्थानमा कौडी राख्नुलाई पनि शुभ मानिन्छ । जसका कारण धनको वृद्धि हुन्छ ।
४.बाँसुरी
आफ्नो घरमा सबैलाई मिलाएर राख्न सक्यो भने पनि घरमा लक्ष्मीको बास हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । धनसम्पति कमाउनका लागि घरमा बाँसुरी राखे पनि शुभ मानिन्छ ।
५. कनकधारा स्तोत्र
तपाईलाई धन सम्पत्तिको खाँचो परिरहन्छ भने घरमा कनकधारा स्तोत्र नामको पुस्तक किनेर राख्न सक्नुहुन्छ । उक्त स्तोत्र विहानै उठेर पाठ गर्याे भने कहिल्यै धन सम्पत्तिको खाँचो पर्दैन ।
६.भगवान गणेश
घरको ढोकामा भगवान गणेशजीको मूर्ति राख्दा पनि धनधान्यले भरिपूर्ण भईन्छ । गणेशको मूर्ति घरमा राखेर पूजा गरेको खण्डमा घरमा खुसी र हर्षोल्लास भईराख्छ ।
७. कछुवा
तपाई व्यवसाय गर्दै हुनुहुन्छ र व्यापार व्यवसायबाट सन्तुष्ट हुनुहुन्न भने पसलमा कछुवाको मूर्ति राखेर पूजागर्न सकिन्छ । जसको कारणले तपाईको व्यवसाय फस्टाउनका साथै धनवाान हुन सक्नुहुन्छ ।
८. कमलगट्टा
कमलगट्टा एउटा वनस्पति हो । जो आयुर्वेदिक औषधीका साथै त्यसको दाना माला बनाउनको लागि प्रयोगमा आउँछ । यसको बीजलाई अभिमन्त्रीत गरेर घरमा राख्यो भने धन धान्यको कहिल्यै कमी नहुने शास्त्रमा उल्लेख गरिएको छ ।
९.रामायण वा कुनै पूराण
घरमा रामायण राख्यो भने धनसम्पति कमाउनुका साथै घरको वातावरण पनि शान्त हुने शास्त्रमा उल्लेख छ । बिभिन्न शास्त्रका पुस्तक घरमा राखेको खण्डमा घरमा समृद्धि बढ्छ ।
१०. सूर्य यन्त्र
घरको पूर्व दिशामा सूर्य यन्त्र बनाएर राखेको खण्डमा सकारात्मक सोच आउँछ । जसको कारण मानिसलाई सन्तोस मिल्छ । साथै पूर्व दिशामा सूर्य यन्त्र बनाएर प्रत्येक विहानै उठेर शुद्ध भई अघ्र्य दिएमा धन धन्यले भरिपूर्ण भईने शास्त्रमा वर्णन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया