एमाले–माओवादी एकता संयोजन समिति बैठक बालकोटमा बस्दै

काठमाडौं, ७ माघ । नेकपा एमाले र नेकपा माओवादीकेन्द्रबीच पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दैछ एमाले अध्यक्ष निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टी एकताको टुंगो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् साथै ओली र प्रचण्डबी शुक्रबार र शनिबार भएको छलफलमा पार्टी एकता, राष्ट्रिय सभा निर्वाचन सरकार गठन लगायतका विषयमा छलफल भएको थियो आज हुने बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार गरिएको प्रतिवेदन पेश गर्नेछ सो तयार परिएको प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफल पश्चात पारित गर्ने तयारी भएको छ । साथै नेताहरुबीच एकीकृत पार्टीको सामाजिक न्याय र समानतासहितको कार्यदिशा अनुसार अगाडी बढ्ने सहमति यस अघिनै भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?