एजेन्सी । संसारमा यस्ता धेरै अचम्मका घटनाहरु हुने गर्छन् जो घटना हामीलाई विश्वास गर्नै गाह्रो पर्छ । यस्तै एउटा घटना रेजिजन द्वीपमा भएको छ । जहाँ एक बच्चाले १० औँ शताब्दीको पुराना सिक्का फेला पारेका छन् ।
सिक्का साधारण भएको भन्दै कसैले पहिला ध्यान दिएनन् । तर उक्त सिक्कामा ब्लूटुथ डिवाइस जोडिएको पाइएपछि सबैको होश उडेको हो । १० औँ शताब्दीको जमानामा पनि कसरी सिक्कामा ब्लूटुथ जोडियो भन्ने कुराले सबै अचम्ममा परेका छन् ।
मानिसहरु यसलाई दोस्रो ग्रहको पैसा भएको बयान दिईरहेका छन् । सञ्चारमाध्यमहरुका अनुसार यो सिक्का लुका नाम गरेका एक बच्चाले फेला पारेका थिए ।
उनले आफ्ना अविभावकलाई उक्त सिक्का देखाउँदा त्यो सिक्का १० औँ शताब्दीमा डेनमार्कका राजा हेराल्डको रहेको बताईएको छ ।
मेटल डिटेक्टर मेसिनको सहयोगमा उनले उक्त सिक्का फेला पारेका थिए । उक्त सिक्का आल्मुनीयमबाट बनेको बताइएको छ । उक्त सिक्का अहिले धेरै मानिसहरुले लाखौँमा बेच्न आग्रह गरिरहेका छन् ।
सिक्काभन्दा पनि सिक्कामा ब्लूटुथ जोडिएको कुराले धेरैलाई अचम्मा पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया