ललितपुर, ७ माघ – पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ आगन्तुकलाई दोहो¥याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ । उनले भने, “कहिले पौभा, कहिले वेशभूषा त कहिले यस्तै केही एउटामा केन्द्रित प्रदर्शनी हुनेछ ।”विभिन्न उमेर, पेशा र रुचिका आगन्तुकलाई केन्द्रित गरेर प्रदर्शनी गरिने सङ्ग्रहालयको योजना छ । यसबाट आगन्तुकले एकैखालका विषयमा ज्ञान पाउने प्रमुख लाखे बताए । नेपालीलाई सङ्ग्रहालय जाने बानी बसाल्न र एक पटक आएकाहरुलाई दोहो¥याउनका लागि कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ प्रदर्शनी हुने सुन्दरीचोक नै ज्ञानका हिसाबले आगन्तुकका लागि महत्वपूर्ण छ । उनी भन्छन, “लामो समयसम्म बन्द यो चोकबाट नै आगन्तुकले धेरै कुरा भेट्नुहुनेछ ।” सङ्ग्रहालयले सुन्दरी चोकका भुइँमा माटाले लिपेर पुरानै स्वरुप दिएको छ । यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढिरहेको सङ्ग्रहालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया