एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेधारामा

काठमाडौं । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एन आई सी एशिया बैंकले नयाँ शाखाकाे उद्घाटन गरेको छ । बैंकले एक आज एक कार्यक्रमकाबीच काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारास्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारले गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

सञ्जाल विस्तारको हिसाबले सबैभन्दा अग्रणी मानिएको एनआईसीको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?