सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।
सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न पुस १७ (बिहिबार) गते ४ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?