सनराइज बैंकको नयाँ शाखा रहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप बैंकिङ्ग सेवाको विस्तार गरेको छ । ग्रामीण भेगका मानिसहरुमा बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले बैंकले ओखलढुङ्गाको मोलुङमा ४३औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

एक कार्यक्रमकाबीच मंगलवार शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरिएको हो । ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ तथा बैंकका प्रदेश नं १ का प्रतिनिधी पुर्ण बहादुर थापाले संयुक्त रुपमा उक्त बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन । साथै उनीहरुले उक्त सेवाको एजेन्ट एवं प्रतिनिधि गोपाल तामाङलाई पोइन्ट अफ सेल मेसिन मेसिन समेत हस्तान्तरण गरेका थिए ।

बैंकले नेपालभर १२९ वटा शाखा, मार्फत् सेवा दिईरहेको छ । भन १४९ वटा एटिएम, ८ वटा एक्सटेन्सन काउण्टर, ४३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?