एजेन्सी । दक्षिण अफ्रिकाको एयरपोर्टमा एक अफिसरले १० वर्षका वालकलाई लगाईरहेको टिसर्ट परिवर्तन गर्न लगाएका छन् ।
न्यूजिल्याण्डबाट अफ्रिका आफ्नो परिवारसँग घुम्न गएका ति बच्चालाई उक्त अफिसरले तत्काल टिसर्ट खोल्न लगाएका हुन् । चेक गर्ने क्रममा अफिसरले स्टेभ लुकसको टिसर्टमा सर्पको चित्र देखेपछि खोल्न लगाएका थिए ।
बच्चाले टिसर्ट परिवर्तन गर्न नमानेपछि अफिसरले बच्चाको टिसर्ट खोलेर उल्टो बनाएर लगाईदिएका छन् । अफिसरले टिसर्टमा सर्पको चित्र देख्दा प्लेनका सबै यात्रु डराउने भएकोले उल्टो बनाएर लगाइदिएको बताएका छन् ।
बच्चाले कालो रंगको टिसर्ट लगाएका थिए । उक्त टिसर्टमा हरियो रंगको ठूलो सर्पको चित्र छाइएको थियो । अधिकारीका अनुसार कसैलाई पनि यस किसिमको टिसर्ट लगाएर यात्रा गर्न अनुमति छैन । हामी यस किसिमको समस्याबाट टाढैै रहन्छौँ । त्यसैले पनि उनको अन्य कपडा छैन भने उल्टो बनाएर लगाईदिनुस् ।
जानकारीका लागि उनको परिवारले एयरपोर्टसँग यसबारे नीयमहरु मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया