भ्रमण वर्ष २०२० : पहिलो हवाई यात्रुलाई सम्मान

भद्रपुर । भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो ।

भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङ«घसंस्था, सहकारी संस्था र नेपाल कम्यु्निष्ट पार्टी पर्यटन विभाग झापा समितिले संयुक्त रुपमा आज बिहान पहिलो उडान श्री एयरलाइन्स र दोस्रो बुद्ध एयलाइन्सद्वारा काठमाडौबाट भद्रपुर विमानस्थल हुँदै आएका यात्रुलाई सम्मान गरेको नेपाल नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चुँडालले बताए ।

नगरपालिका र उड्डयन कार्यालयको संयुक्त पहलमा पूर्वी नेपालका पर्यटकीयस्थलबारे जानकारी दिन विमानस्थलमै डिजिटल डिस्प्ले बोर्डसमेत राखिएको छ ।

विमानस्थलबाट बाहिरिने यात्रुलाई पर्यटकीयस्थलका बारेमा जानकारीसहितको ब्रोसर बाँडिएको थियो । प्रमुख चुँडालले काठमाडौंँबाट झापा हुँदै आउने यात्रुलाई नेपालको होचो भूभाग केचनाकवलदेखि विश्वको अग्लो सर्वोच्च शिखर सगरमाथासम्म एकै दिन घुमाएर ल्याउने व्यवस्थासमेत मिलाइएको बताए ।

उनले विमानस्थलबाट केचनाकवल गाडीमा लैजाने र सगरमाथाको आधारशिविरसम्म जान चाहने यात्रुलाई सीता एयरलान्यसद्वारा सोलुखम्बुको लुक्ला विमानस्थल पु¥याइने योजना रहेको बताए । उनका अनुसार आजदेखि शुरु गरिएको पहिलो हवाई यात्रुलाई सम्मान कार्यक्रम सात दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?