वाणिज्य बैंकद्वारा व्याजदर निर्धारण, कर्जा लिँदा १२ दशमलव १९ प्रतिशत व्याज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पौष १६ अर्थात जनवरी १ बाट लागु हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको छ । नयाँ व्याजदर अनुसार बैंकबाट कर्जा लिँदा १२ दशमलव १९ प्रतिशत व्याज निर्धारण भएको छ । बैंकका अनुसार व्यक्तिगत कर्जा, शेयर धितो कर्जा, मोर्टगेज कर्जा तथा सुन कर्जाको लागि समेत वार्षिक व्याजदर १२ दशमलव १९ प्रतिशत लाग्नेछ । अन्य बैंक तथा वित्तीय संस्थाबाट भन्दा वाणिज्य बैंकबाट कर्जा लिँदा न्युनतम व्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ ।

त्यस्तै व्यक्तिग मुद्धतीमा ९ दशमलव २५ प्रतिशत तथा संस्थागत तर्फ ८ दशमलव ५० प्रतिशत व्याजदर रहेको छ । भने बचततर्फ ६ प्रतिशत व्याजदर तोकिएको बैंकले जनाएको छ । साथै बैंकबाट कर कर्जा तथा हायर पर्चे कर्जा लिँदा भने ११ दशमलव ६९ प्रतिशत व्याज लाग्नेछ । त्यस्तै विद्युतीय सवारी साधन कर्जामा ८ दशमलव ७९ प्रतिशत, शैक्षिक कर्जामा १० दशमलव १९ प्रतिशत तथा गाडी कर्जामा १० दहमलव ७९ प्रतिशत व्याजदर निर्धारण गरिएको छ ।

त्यस्तै बैंकले स्वदेशी तथा विदेशी मुद्रा बचतमा भने भिन्न भिन्न व्याजदर तोकेको छ । त्यस्तै बैंकले कर्जाको समेत व्याजदर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

यस्तो छ नयाँ निर्धारण गरिएको व्याजदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?