अपहरणकारीको पन्जाबाट भागेकी किशोरीले दिइन् यस्तो बयान !

काठमाडौं । अपहरणमा परेकी एक किशोरीले भागेर अपहरणकारीको पन्जाबाट भाग्न सफल भएकी छिन् । सुनसरीको इटहरीबाट अपहरणमा परेकी १६ वर्षीया किशोरीले भागेर ज्यान बचाएकी हुन् । ती किशोरी मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर घर फर्किरहेकी थिइन् । त्यसै बेला इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडीबाट अपहरणमा परेकी थिइन्।

मंगलबार साँझ ७ बजे इटहरीबाट धरान आउँदै गरेको नम्बर नखुलेको पिकअफ भ्यानमा तरहरा जाने भन्दै चढेकी उनलाई गाडीका चालक र गाडीमा रहेकी एक महिलाले मुख थुनेर धरानतर्फ लगेका थिए।

गाडीमा महिला पनि देखेपछि आफु सुरक्षित हुने विश्वासले तरहरा घर जान गाडी चढेकी किशोरीलाई अपहरणकारीले गाडी नरोकी धरानको शिवधारा माथिको जङ्गलमा पुर्‍याएका थिए।

अपहरणकारीले किशोरीमाथि यौन दुर्व्यवहार समेत भएको प्रहरीले जनाएको छ । बुधवार बिहान १:३० बजे अपहरणकारीको कब्जाबाट भागेर बाँच्‍न सफल भएकी उनको शरिरमा चोट पटक लाग्नुका साथै लगाएका कपडासमेत च्यातिएको छ। घाइते अवस्थामा रहेकी युवतीलाई प्रहरीले तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरि डिस्चार्ज गरेको छ।

युवतीको बयानका आधारमा घटनामा संलग्नहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपहरणमा परेकी किशोरीलाई महिलासहित गाडीका चालकले जबरजस्ती गर्न खोजेपछि आफु भागेर बाँच्न सफल भएको बयान दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?