४ बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन, कस्को कति पुग्यो ?

काठमाडौं । विभिन्न ४ बैंक तथा वित्तीय संस्थाको सेयरको मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत ४ बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजना भएको भएको हो । मूल्य समायोजन हुनेमा ज्योती विकास बैंक, सिन्धु विकास बैंक, समिट लद्युवित्त वित्तीय संस्था तथा नेपाल सेवा लद्युवित्त वित्तीय संस्था रहेको छ । ज्योती विकास बैंकले १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । मूल्य समायोजनपछि ज्योतीको सेयर मूल्य १४९ रुपैयाँ ८९ पैसा पुगेको छ ।

त्यस्तै समिट लद्युवित्त वित्तीय संस्थाले २१ दशमलव १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । साथै संस्थाको मूल्य समायोजनपछि सेयर मूल्य ५४० रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यस्तै नेपाल सेवा लद्युवित्त वित्तीय संस्थाले २ दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै मूल्य समायोजन पछि संस्थाको प्रति सेयर मूल्य ४ सय ८७ रुपैयाँ ८० पैसा कायम भएको छ । भने सिन्धु विकास बैंकले ११ दशमलव ५१ प्रतिशत बोनस सेयर वितरणपछिको मूल्य भने १ सय १८ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?