एजेन्सी । विश्वमा घटेका केहि घटनाहरुले हामीलाई अचम्ममा पारिदिन्छ । अमेरिकाका चार्ली म्याकमिलान नाम गरेका एक शिशु ७ महिनाका मात्रै पुगेका छन्। उनी एक साधारण शिशु हुन् ।
अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई मानार्थ मेयर बनाइएको हो । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन ल्याएसँगै टेक्ससमा गर्भपतन विरुद्ध नयाँ अभियान थालिएको थियो । जहाँ देशभक्ति र गर्भपतनको विरुद्ध नयाँ अभियानसँगै यी सात महिने शिशुलाई अभियानको मोहोराको रुपमा अघि सारिएको हो ।
चार्लीका आमाबावुले लिलामीमा राखिएको मेयरको उपाधि गत अक्टोबरमा फन्ड रेजिङका लागि किनेका थिए । साथै मेयर पद नियमित कामकाजका लागि नभएर अभियानको हिस्साको रुपमा मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया