एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ७ माघ । एशियन लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि माघ ८ गते सोमबार सेयरधनी किताब बन्द गर्देछ । यसअनुसार माघ ७ गते आइतबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् कम्पनीले धितोपत्र बोर्डबाट दुई बराबर एक अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको थियो गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले ०७५ असारसम्ममा चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?