कुन समयमा देखिएको सपनाले फल दिन्छ ? हेर्नुहोस्

काठमाडौं । सपनालाई दुई किसिमले परिभाषित गरिएको छ । एउटा हामी संवाद गरिरहेका छौँ, काम गरिरहेका छौँ, हामी बिउँझेर गरिरहेका छौँ या छैनौँ । सपना पो चलिरहेको छ कि अध्यात्मले चाहि यहि खोज्छ । अध्यात्मले भन्छ व्यक्ति अधिकांस समय सपनामै हुन्छ । हामी अहिले बिउँझेको ठान्छौँ । हुनसक्छ बिउँझेको छौँ कि छैनौँ हामीलाई थाहा छैन । यहाँ म छु मैले केहि बोलिरहेको छु मेरा शब्दहरुले यहाँलाई सिधै असर गरिरहेको छ ।

शब्द सुनियो । सुन्ने बित्तिकै मनमा कुरा खेल्न थाल्छ । यति कुराचाहिँ यसले भनेको कुरा ठिक हो यति कुरा चाहिँ ठिक हैन । यो कुरा मैले पहिला पनि सुनको थिए वा किताब पढेको थिए । हामी संवाद गरिरहेकाछौँ तर मन अन्तै डुलिरहेको छ वा चुपलागेर एकछिन बस्यो भने पनि विभिन्न तर्कना खेलिरहेको हुन्छ यसलाई सपना नै भनिन्छ । किनकि मन अन्तै गयो बिउँझेन डुलिरहेको छ तर काम चाहिँ भइरहको छ भने यसलाई पनि सपना नै भनिन्छ । जागृत अवस्थामा चाहिँ यो तर्कनाको ध्यान हुँदैन । किनकी बाहिरको कुराले प्रभाव पारेको हुन्छ ।

हामी जब सुत्छौँ, निदाउछौँ, निदाएको बेलामा मन चल्ने तथा मनको क्रिया चाहिँ निरन्तर उस्तै रहन्छ । बिउँझदा फेरि जसरी मन चलिरेहेको थियो । निदाएपछि पनि मन चलिरहन्छ खाली शरिरमात्र सुतिरहेको हुन्छ । मन सुतेको हुँदैन त्यस्तो बेलामा हामी सपना देख्छौँ । सपनाका केहि तहहरु हुन्छन् । हामी सबैभन्दा पहिला जागृत अवस्थामा हुन्छौँ । त्यसपछि हामी सुत्छौँ ।

सुतेपछि सबैभन्दा पहिला शरीर निदाउँछ मन निदाएको हुँदैन । मनमा विचारहरु खेलिरहेको हुन्छ । यहि विचारहरु दृष्य बनेर प्रकट हुन्छन् र हामी त्यसलाई सपना भन्छौं। मन ननिदाएको अवस्था तर शरीर निदाएको अवस्था तर मनमा विचार तथा कुरा खेलिरहेको दृष्य प्रकट हुन्छ, जसलाई हामी पहिलो प्रहरको सपना भन्छौं । यो पहिलो तहको वा प्रहरको सपना हो । यो समयमा देखिएको सपनाको कुनै महत्व हुँदैन ।

हामी अर्को एउटा समयमा प्रवेश गर्छौं, जसलाई योगिहरु सुसुप्ती अवस्था पनि भनेर भन्दछन् । हामि जब सुत्छौँ शरीर निदायो, मन पनि निदायो, अब हाम्रो मनमा केहि कुरा खेलिरहेको छैन, जुन सुसुप्तीको अवस्था हो । यो सर्वाधिक महत्वको समय हो । यहि सुसुप्तीको अवस्थामा ब्रमाण्डीय उर्जा जसलाई हामी Cosmic Energy भनिन्छ । जुन हाम्रो शिरको भागबाट प्रवेश गर्दछ र पुरै नकारात्मक भाव, विचारहरु, नकारात्मक उर्जाहरु सबैलाई हटाईदिन्छ वा धोईदिन्छ र हाम्रो चेतना शुद्ध हुन्छ । यस समयमा हाम्रो चेतना मनमा सपना आउँदैन ।

योगले भन्छ, ७२ करोड नाडीहरुले हाम्रो शरिर जेलिएको छ । सबै नाडीहरुलाई ब्रमाण्डिय उर्जाले सफा गर्छ र यहि सफाईको कारणले बिहान उठ्दा फेरि हामी फुर्तिलो, फ्रेस महसुस गर्छौ । जब सुसुप्तिमा व्यक्ति जान्छ, एकैचोटि व्यक्ति जागृत अवस्थामा आउँन सक्दैन । सुसुप्तिबाट फेरी सपनामै आउनु पर्दछ । जसलाई अर्को प्रहर भनिन्छ र यो समयमा देखिएको सपनाचाहिँ अर्थपुर्ण हुन्छ । यो समयमा नराम्रो सपना देखियो भने भविष्यमा नराम्रो नै हुन्छ र विपनीमा नराम्रो प्रभाव पार्दछ । त्यस्तै राम्रो सपना देखियो भने विपनीमा राम्रो हुन्छ अथवा भविष्यमा राम्रो कुराको संकेत गर्दछ । बिहानीपख तथा अन्तिम प्रहरमा जब सुसुप्तिपछि सपनामा आईन्छ यो समयमा देखिएको सपना फलदायी हुन्छ र यो समयमा राम्रो सपना देखियो भने सुत्नु हुँदैन भनेर भनिन्छ ।

ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?