जम्मु–कश्मिरमा भएको आतंकवादी झडपमा नेपालीको ज्यान गयो, एक वर्षमा ८३ जना सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली – भारत भारतको जम्मु–कश्मिरमा निरन्तर भइरहेको आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्यु भएको छ ।

बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा २५ वर्षीय अर्जुन थापा मगर र भारतीय नागरिक २९ वर्षीय सावन्त र सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दलाई उदृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्वीर गूगल


‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर, जिम्मेवार र साहसी सिपाही रहेको भन्दै समेत जनसम्पर्क अधिकृत आनन्द ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको पुष्टि गरेको समाचारमा जनाइएको छ । सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।
गत फेब्रुअरी १४ मा आतंकवादीको आक्रमणमा ४९ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि पुलवामाले विश्वकै ध्यान तानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?