सबै वाणिज्य बैंकका सीईयोहरु पोखरामा, यस्तो छ कारण

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईयो)हरु पोखरामा जमघट भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक सुपरिवेक्षण विभागले मेमिनारको आयोजना गरेको छ । राष्ट्र बैंकले यहि डिसेम्बर २३ बाट परीक्षण फेजमा लागु गरेका सुपरभाइजरी इन्फरमेसन सिस्टमको विषयमा सेमिनार आयोजना गरेको हो ।

त्यसैमा भाग लिनका लागि भन्दै सीइयोहरु पोखरामा भेला भएका हुन् । बैंकिङ कारोबारलाई चुस्त तथा दुरुस्त बनाउनका विभिन्न सिस्टमहरु लागु गर्ने अवस्थामा रहेका छन् । परिक्षण फेजमा रहेका सिस्टम कार्यान्वयन गर्नका लागि आवस्यक छलफलको लागि भन्दै सीईयोहरु त्यहाँ उपस्थित रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा लागु गर्न लागिएको सुपरभाइजरी इन्फरमेसन सिस्टमले बैंकिङ क्षेत्रमा अझै उल्लेख्य प्रगती गर्नका लागि सहयोग पुर्याउँदछ ।

उक्त सिस्टम लागु भएपछि भने बैंकहरुले आफ्ना विवरणहरु सिस्टममा अपडेट गराएमा हुन्छ । जसको लागि विवरण बुझाउनका लागि राष्ट्र बैंकमा उपस्थित भैरहनु पर्ने कुराको समाधान हुन्छ । साथै त्यसले गर्दा समय तथा सुरक्षाको दृष्ट्रिले समेत राम्रो मानिन्छ । साथै उक्त सिस्टम माघ १ गतेबाट लागु गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?