भ्रमण वर्ष सफल बनाउन राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन दिएको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेकोमा एक सुचना जारी गर्दै सहयोग गर्न निर्देशन दिएको हो ।

उक्त सूचनामा जनाइए अनुसार संस्थाको वेबसाइट तथा अन्य आधिकारीक सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण वर्ष, २०२० को लोगो तथा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको वेवसाइटको लिंक राख्नका लागि निर्देशन दिएको हो ।

त्यस्तै पर्यटकको आवगमन बढी हुने प्रमुख पर्यटकिय गन्तव्यहरुमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकहरुलाई सहज हुने किसिमका सौचालय, डस्टविन, पिउने पानी तथा विश्रास्थल लगाएतका पुर्वाधारहरु बनाउने काममा समेत सहभागिता जनाउनको लागि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?