काठमाडौं । राष्ट्रिय अनसन्धान विभागले २ सय ३२ सहायक सूचकको माग गरेको छ । विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।
जसमा खुल्लाबाट १ सय २८ र समावेशीबाट १सय ४ जना माग गरेको छ । समावेशी अन्तरगत आदिवासी जनजाति ३३, मधेशी २९, महिला २०, दलित १५ र पिछडिएका क्षेत्रबाट ५ गरी १ सय ४ जना नियुक्त गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया